अवैध कुखुरा र मोटरसाईकल प्रहरीको नियन्त्रणमा

6

संतोष रन्जितकार
वीरगंज, २० माघ ।
सशस्त्र प्रहरीले करिब डेढ लाख मूल्य बराबरको अवैध कुखुरा सहित मोटरसाईकललाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बलको बिओपी अलौले अबैध रुपमा भारतबाट नेपाल भित्रयाउदै गरेको करिब १ लाख ४० हजार मूल्य बराबरको अवैध कुखुरा सहित मोटरसाईकललाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी बिओपी अलौको टोलीले नेपाल सरकारले प्रतिबन्ध गरेको कुखरा अवैध रुपमा भारतबाट नेपाल भित्रयाउदै गरेको अवस्थामा ना ३४ प ७४०२ नम्बर भएको डिस्कभर मोटरसाईकल सहित ४० ओटा कुखुरा नियन्त्रणमा लिएको अलौ बिओपीका प्रमुख सशस्त्र प्रहरी निरिक्षक रबि थापाले बताए ।
प्रहरी टोलीले पक्राउ गरेको अवैध कुखुरा र मोटरसाईकललाई आवश्यक कारवाहीको बीरगंज भन्सारमा बुझाईएको सशस्त्र प्रहरी निरिक्षक थापाले जनाए ।
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको अबैध भारतीय कुखुरालाई भन्सारका कर्मचारी स्थानिय र पशु क्वाराईनटाईनको अधिकारीहरुको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।