नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का पदाधिकारी भारत भ्रमणमा

भारत भ्रमणमा हासिल गरेको अनुभवबाट पत्रकारितामा सहयोग पुग्ने छ ः मेयर सरावगी

21

वीरगन्ज, २० माघ ।
नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का पदाधिकारीहरु भारत भ्रमणमा जाने क्रममा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजयकुमार सरावगीले बिदायी गर्नुभएको छ । नगर प्रमुख सरावगीको कार्यकक्षमा नगरप्रमुख सरावगीले अबिर, माला लगाएर भ्रमण सफलताको शुभकामना व्यक्त गर्दै बिदायी गर्नुभएको हो ।

बिदायी कार्यक्रममा बोल्दै नगरप्रमुख सरावगीले वीरगन्ज महानगरपालिका स्थानिय संचार माध्यम तथा संचारकर्मीहरुको उथ्थान र विकासमा सधै सकारात्मक रहेको बताउदै उहाले पत्रकारिताको विकासको लागी भ्रमण फलदायी हुने आशा व्यक्त गर्नुभयो । नगरप्रमुख सरावगीले भारतको हाइटेक सिटिको रुपमा स्थापित रहेको हैदराबादको भ्रमणले त्यहाको पत्रकारितामा भएको आधुनिकिकरण, प्राविधिक विकास र इलेक्टोनिक्स प्रविधिको विकासको बारे भ्रमणमा जान लागेका पदाधिकारीहरुले हासिल गरेको अनुभवबाट प्रदेश नम्बर २ को पत्रकारितामा सहयोग पुग्ने आशा व्यक्त गर्नुभयो ।
भारतका हाइटेक सिटि हैदरावादको प्रेसको अवस्था बारे अनुभव साटासाट, प्राविधिको विकासको अध्ययन र त्यसको प्रयोगको बातावरण लगायतका विषयमा भारत भ्रमणमा जाने नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दीपेन्द्र चौहान, उपाध्यक्ष केसि लामिछाने, सचिवद्वय आर एस विश्वास, गुरु प्रसाद गौतम, कोषाध्यक्ष प्रविण साह सदस्यहरु ललिता साह, जीतलाल श्रेष्ठ, अजय साह, केन्द्रिय सदस्यहरु शैलेन्द्र झा, अवधेस झा देवेन्द्र कुमार यादव लगायतका पदाधिकारीहरु रहेका छन् ।
नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दीपेन्द्र चौहानको अध्यक्षतामा सम्पन्न भएको बिदायी कार्यक्रममा वीरगन्ज महानगरपालिकाका सदभावना दुत अशोक वैद्य, नगरप्रमुखका प्रेस सल्लाहकार गोविन्द देवकोटा लगायतका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।