पूर्व सांसद रुङ्गटाद्वारा जन्मदिनको अवसरमा अस्पताललाई कम्बल र तन्ना हस्तान्तरण

27

संतोष रन्जितकार
वीरगन्ज, १९ माघ ।
नेपाली काँग्रेसका नेता एंव पूर्व सांसद अनिल रुङगटाले आफ्नो जन्म दिनको उपलक्ष्यमा वीरगन्जको नारायणी अस्पताललाई कम्बल र तन्ना वितरण गरेका छन् । उद्योगपति समेत रहेका रुङगटाले आफ्नो ५१ औं जन्मदिनको अवसरमा आइतबार अस्पतालका निमिक्त मेसु डाक्टर सुरेन्द्र चौधरीलाइ एक सय थान कम्बल र एक सय थान तन्ना हस्तान्तरण गरेका हुन् ।
कम्बल र तन्ना हस्तान्तरण कार्यत्रममा बोल्दै रुङगटाले जन्मदिनमा भोजभतेर जस्ता फजुल किसिमको खर्च गर्नुभन्दा उपचार गराउन अस्पतालमा आउने बिरामीका लागि सहज होस् भन्ने सोच राखेर कम्बल र तन्ना हस्तान्तरण गरेको बताए ।
अस्पतालका निमित्त मेसु डाक्टर चौधरीले जन्मदिनमा भोजभतेरमा फजुल खर्च गर्नुको सट्टा सरकारी अस्पतालमा बिरामहरुका लागि सहयोग गर्ने उद्योगपति रुङगटाको सामाजिक कार्य उदाहरणीय रहेको बताए ।
कम्बल तथा तन्ना वितरण कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति विजय सर्राफ, वडा अध्यक्ष जगत साह कानु, नेवि संघका युवा नेता दिलिप कार्की, अस्पतालका स्वास्थ्यकर्मी लगायतको उपस्थिती रहेको थियो ।