सर्लाहीलाई २ को विरुद्ध ३ गोल गरी सप्तरी बिजयी

6

संतोष रन्जितकार
वीरगन्ज,२० माघ ।
प्रदेश २ स्तरीय प्रथम गिरिजा प्रसाद कोइराला नकआउट फूटबल प्रतियोगीतांमा सोमबार सप्तरी विजयी भएको छ । वीरगन्जमा शनिबारबाट सुरु भएको प्रदेश स्तरीय प्रथम गिरिजा प्रसाद कोइराला नकआउट फूटबलमा सर्लाहीलाई सप्तरीले ३–२ गोलले पराजित गर्दै बिजयी भएको हो ।

आदर्शनगर रंगशालामा भएको तेश्रो दिनको खेलमा निर्धारित ९० मिनेटको खेलमा सप्तरीको पहिलो प्रहारले खेलमा नया मोड थपेको थियो । पहिलो हाफको ३७ मिनेटमा सप्तरीका दिवश श्रेष्ठले गोल गरेका थिए भने खेलको दोश्रो हाफको ६ मिनेटमै सप्तरीकै दिवश श्रेष्ठले दोस्रो गोल र उज्वल सिंहले एक गोल गरका थिए । त्यसैगरी सर्लाहीका श्रवण लामाले दोश्रो हाफको १६ मिनेटमा पहिलो गोल गरेका थिए भने दावा गुरुङले पनि एक गोल गरेका थिए ।
खेलमा म्यान अफ दी म्याच सप्तरीका डिफेन्डर दिवश श्रेष्ठ भएका थिए ।
प्रतियोगितामा मगंलवारको खेलमा बारा र सिराहा भिड्ने आयोजकले जानकारी गराएको छ । माघ २५ गते सम्म चल्ने प्रतियोगितामा प्रदेश २ का आठ वटै जिल्लाका फुटबल टिमहरुले भाग लिएका छन् । आठ वटा टिमलाइ दुई समूहमा विभाजन गरिएको छ । समुह ॅक’मा पर्सा, बारा, धनुषा र सिराहा छन् । समूह ॅख’मा महोत्तरी, रौतहट, सर्लाही र सप्तरी छन् । प्रतियोगिताको उपाधी विजेता टिमले एक लाख ५१ हजार नगद र उपविजेता टिमले ७५ हजार रुपैया नगद सहित कप र मेडल प्रदान गरिने छ ।