हराईरहेको मानिस मृत अवस्थामा फेला

8

सत्येन्द प्रताप सिंह
रौतहट, २० माघ ।
जिल्ला रौतहट ईशनाथ नगरपालिका वडा नं. ८ मंसरी बस्ने शेख मोहम्मद रैसुल आलमको छोरा वर्ष २० को मोहम्मद एतेसामुल हक मिति २०७६।१०।१५ गते अं. रातको २२.०० बजेको समयमा सोही नगरपालिकाको नरकटिया स्थित भिनाजुको घरबाट आफनो घर जान्छु भनि हिडेकोमा निज घरमा नपुगेकोले निजको बुबा आफन्तहरुमा खोजतलास गरे पश्चात कतै फेला नपरेकोमा मिति २०७६।१०।१६ गते विहान अं.०८ः०० बजेको समयमा रौतहटको प्रहरी कार्यालयमा खबर प्राप्त हुन साथ अनुसन्धान अधिकृत समेतको प्रहरी टोली प्ररिचालित भई खोज तलास गर्ने कार्य भईरहेको र सोही दिनबाट निज ऐतेसामुलहकले बोकेको मोबाईल स्वीच अफ देखिएकोले प्रहरीले सोही दिनबाट गहन रुपमा खोज तलास र अनुसन्धान गरिरेहेकोमा आज मिति २०७६।१०।२० गते अं.१२ः०० बजेको समयमा जिल्ला रौतहट राजपुर नगरपालिका वडा नं. ७ अकोलवा स्थित अरुवा खोलामा शंकास्पद रुपमा शव फेला परेको हुँदा २ जना युवती र ३ पुरुष सहित ५ जनालाई नियन्त्रणमा लिई सोधपुछ तथा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।