हिन्दु परिषदद्वारा रौतहटको औरैयामा कमिटी गठन

14

सत्येन्द्र प्रताप सिंह
रौतहट, १९ माघ ।
रौतहटको ईसनाथ नगरपालिकाको औरैयामा हिन्दु परिषद नेपालको १९ सदस्यीय नगर कमिटी गठन भएको छ । परिषदका राष्ट्रिय अध्यक्ष सन्तोष पटेलको प्रमुख आतिथ्यमा ईसनाथ मन्दिरको प्राङ्गणमा हिन्दु समाजलाई जागरुक गर्दै अध्यक्ष पटेलले हिन्दु सनातन धर्मलाई अन्य धर्मवादीहरुले बिभिन प्रलोभन देखाई उनीहरु धर्म परिवर्तन गराई रहेका छन त्यस्ता दलालहरुसंग बाँची आफ्ना धर्म बचाउन हामी सबै मिलेर प्रतिकार गर्न सम्पूर्ण हिन्दू समुदायमा आग्रह गर्नुभएको थियो । सो कार्यक्रममा शासन व्यवस्था जो होस नेपाल हिन्दु राष्ट्र कायम हुनुपर्दछ भनी जनजागरण सभामा ईसनाथ मन्दिर निर्माण भएको करिब ९ सय ६५ सालको पुरानो भई हाल जिर्ण अवस्थामा रहेको र सो मन्दिरका १०५ बिगहा जग्गा मध्ये हाल १० बिगहा जग्गा मात्र रहेको छ । बाँकी जग्गा गुठिका चेला भन्दै मृगेन्द्र मणि नाम गरेकाले बिक्री बितरण गरेको स्थानियहरुले जनजागरण सभामा अध्यक्ष पटेललाई कागजी प्रमाण समेत देखाएका थिए । नवगठित कमिटीको सदस्यहरुलाई अध्यक्ष पटेलले अबिर र माला लगाई स्वागत समेत गर्नुभएको थियो । नवगठित कमिटीमा अध्यक्ष रामश्रेष्ठ गिरी, उपाध्यक्ष कामेश्वर पटेल, कोषाध्यक्ष उमेश पटेल, सचिव पन्नालाल पटेल तथा सह सचिव मधु यादव गरी १९ सदस्यहरु रहेका छन् ।