अवैध घरेलु मदिरा नष्ट तथा नवजात शिशु फेला

22

सत्येन्द प्रताप सिंह
रौतहट, २१ माघ ।
रौतहट जिल्लाको सदरमुकाम गौरको वडा नं ६ सबगढा टोलमा सशस्त्र प्रहरी बल नेपाल बिओपि गौरबाट सप्रनीको कमाण्डमा खटिएको प्रहरी टोलीले मंगलवार अवैध घरेलु मदिरा ४० लिटर बरामद गरेको छ ।
अबैध मदिरा बि आर ३० सी २१६५ नं को मोटरसाइकलमा बोकी ल्याई रहेको अवस्थामा बरामद गरिएको हो । उक्त मदिरा आन्तरिक राजस्व जिल्ला कार्यालय गौर रौतहटका प्रतिनिधि, संचारकर्मी, राष्ट्रिय अनुसन्धानका प्रतिनिधि तथा स्थानीयहरुको रोहबरमा बिओपी गौरको परिसरमा खाल्डो खनी नष्ट गरिएको थियो ।
त्यसैगरी रौतहटको देवाही नगरपालिकाको वडा नं ७ उचिडिह टोल स्थित खाली खेतमा नवजातशिशु फेला परेको छ । मंगलवार दिउँसो करिब १ बजेको समयमा नगरपालिका अन्तर्गत रहेको उचिडिह टोल नजिक खाली खेतमा शिशु (नाबालक) फालेको हेर्दा स्थानीयहरुले नजिकको इलाका प्रहरी कार्यालय देवाहीगोनाहीलाई फोन मार्फत जानकारी गराउदा स्थलगत प्रहरी पुगी सो नवजात शिशुलाई नियन्त्रणमा लिई जिल्ला अस्पताल गौरको इन्डोरमा उपचार गराई सुरक्षित राखेको छ । नवजात शिशु कसको हो ? र किन फालिएको हो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरी राखेको जिल्ला प्रहरी कार्यालय गौरले जानकारी गराएको थियो ।