कोरोना भाइरस सम्बन्धी जनचेतनामूलक कार्यक्रम

34

संतोष रन्जितकार
वीरगंज, २२ माघ ।
कोरोना भाइरस सम्बन्धी जनचेतनामूलक कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
वीरगंजको घण्टाघरमा सम्पन्न सो जनचेतनामूलक कार्यक्रमको प्रमुख अतिथि पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेत रहनु भएको थियो ।
सो जनचेतनामूलक कार्यक्रममा कोरोना भाइरसबाट बचौं र बचाऔं भन्ने नारा लगाउंदै नोबेल कोरोना भाइरसबाट बच्ने उपायको समेत जानकारी गराइएको थियो । साथै कार्यक्रममा उपस्थित सबैलाई माक्स वितरण गरिएको थियो ।
नेपाल महिला मैत्री विकास केन्द्र वीरगंजकी अध्यक्ष माल्ती कुशवाहाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय पर्साका कामेश्वर चौरसिया, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक निर्मल पनेरू, ट्राफिक प्रहरी पर्साका कमलराज पंडित, सचितानन्द गिरी, दिनेश यादव लगायत बुद्धिजिवी स्थानीयहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन शिव कुमार साहले गरेका थिए ।