चारपांग्रे गाडी ठक्करबाट मोटरसाईकलमा सवार महिला घाईते

22

सत्येन्द प्रताप सिंह
रौतहट, २१ माघ ।
रौतहट गौरको चन्द्रनिगाहपुर सडक खण्डमा पर्ने बमनहर स्थित चार पांग्रे गाडीको ठक्करबाट मोटरसाईकलमा सवार महिला घाइते भएकी छिन् ।
बि आर २२ एक्स १५०० नं को मोटरसाइकल गौरबाट मंगलवार दिउँसोको समयमा यमुनामाई गाउँपालिका वडा नं ४ सरुअठा जाने क्रममा बमनहर स्थित सोही दिसाबाट चपुर तर्फ जादै गरेको बा २ झ ५६५७ नं को चारपांग्रे गाडीले पछाडिबाट ठक्कर दिंदा सवार यमुनामाई गापा वडा नं ४ रामविश्वास महराको २८ बर्षिय श्रीमती रेखा देवीको अनुहारमा चोटपटक लागेको थियो । उनको उपचार जिल्ला अस्पताल गौरमा भइरहेको छ भने उक्त घटना गरी फरार रहेका गाडीलाई प्रहरीले खोजतलास गरीरहेको जानकारी दिएका थिए ।