नगरप्रमुख सरावगीद्वारा हनुमान मन्दिरको उद्घाटन

26

संतोष रन्जितकार
वीरगंज, २२ माघ ।
वीरगंज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले ऐतिहासिक मठमन्दिरहरुको संरक्षण गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । वीरगन्जको रानीघाटमा रहेको श्रीराम जानकी मन्दिर परिसरमा निर्माण भएको हनुमान मन्दिरको उद्घाटन गर्दै नगरप्रमुख सरावगीले यस्तो धारण व्यक्त गर्नुभएको हो ।
उहाले ऐतिहासिक रुपमा रहेको विरगन्जको रानीघाटको सार्वजनिक जग्गा तथा रामजानकी मन्दिर परिसरमा रहेको जग्गामा योजना बनाएर विकास गरिने धारणा व्यक्त गर्नु भयो । भूमाफियाहरुको कारण सार्वजनिक जग्गाहरु मासिदै गएको बताउदै स्थानिय निकायको निर्वाचन पछि आफुहरुले सार्वजनिक जग्गाहरुको संरक्षण तथा सम्बर्द्धनका लागि विभिन्न योजनाहरु सुरु गरेको बताउनु भयो ।
रामजानकी मन्दिर संरक्षण सम्बर्द्धन समितिको सक्रियतामा वीरगन्ज महानगरपालिका, वडा समिती तथा स्थानियहरुको आर्थिक सहयोगमा लगभग ३ लाखको लागतमा निर्माण भएको हनुमान मन्दिरको उद्घाटन कार्यक्रममा वडा अध्यक्ष प्रद्युम्न सेढाइ, संरक्षण समितिका अध्यक्ष तारा राउत कुर्मी, सचिव राजन रौनियार लगायत विभिन्न दलका स्थानिय नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।