प्रथम प्रदेश स्तरीय फुटबल प्रतियोगितामा बुधबार बारा बिजयी

7

संतोष रन्जितकार
वीरगंज, २१ माघ ।
प्रदेश २ स्तरीय प्रथम गिरिजाप्रसाद कोइराला स्मृति गोल्डकप फुटबल प्रतियोगिताको चौथो दिन मंगलबार भएको खेलमा बारा जिल्लाले जित हासिल गरेको छ । वीरगन्जमा शनिबारबाट सुरु भएको प्रतियोगिता अन्तर्गगत सिराहालाई ३–१ गोलको अन्तरले हराएर बारा जिल्ला फुटबल संघ विजयी भएको हो ।

आदर्शनगर रंगशालामा आज भएको खेलको प्रमुख अतिथि समेत रहनु भएका पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले रेफ्रीलाई फुटबल हस्तान्तरण गर्दै खेलको शुभारम्भ गर्नु भएको थियो ।
त्यसैगरी जीपी फाउण्डेशन पर्साका सभापति मोहम्मद सहाबुद्दिनको अध्यक्षतामा भएको खेलको प्रमुख अतिथि नेता सिंहलाई सभापति सहाबुद्दिनले मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए ।

आज भएको खेलमा पहिलो हाफको ५ औं मिनेटमा बाराका चन्दन महतोले गोल गरेका थिए भने खेलको दोश्रो हाफको २६ औं मिनेटमा बाराकै कृष्ण चौधरीले अर्को गोल थपेका थिए भने दोश्रो हाफको ३३ औं मिनेटमा सुरज गौरोले बाराका लागि तेश्रो गोल गरेका थिए ।
जवाफमा आक्रमक रणनीति बुनेको सिराहाले पहिलो हाफको २७ औं मिनेटमा गोल फर्काउन सफल भएको थियो । सिराहाका लागि दिपेन्द्र कुमार चौधरीले गोल गर्दै गोल अन्तरलाई ३–१ मा झारेका थिए । तर दोस्रो हाफको २६ औं मिनेटमा बाराका राजु चौधरी तथा ३३ औं मिनेटमा सञ्जय चौधरीले बाराका लागि गोल गर्दा खेल रोमाञ्चक अवस्थामा पुगेको थियो । तर विपक्षी टोलीले बाँकी समय गोल गर्न नसक्दा बारा बिजयी हुन पुगेको थियो । खेलमा म्यान अफ दी म्याच बाराका कप्तान चन्दन चौधरीलाई सन्राईज बैकका म्यानेजर नितेश खडकीले ट्रफी प्रदान गरेका थिए ।


सो खेलमा पूर्व कृषि मन्त्री रामकृष्ण यादव, नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री समेत रहेका हृदयनारायण थामी, नेपाली कांग्रेस काठमाण्डौंका पार्टी सभापति साबुज बानिया, पूर्व सांसद राजेन्द्र बहादुर अमात्य लगायतको सहभागिता रहेको थियो ।
जिपी कोइराला फाउण्डेशनले आयोजना गरेको प्रतियोगताको पहिलो सेमिफाइनलमा बुधबार महोत्तरी र सप्तरी भिड्ने छन् भने दोस्रो सेमिफाइनलमा धनुषा र बारा बिहीबार खेल्नेछन् । उपाधि भिडन्त शनिबार हुनेछ ।