विधानअनुसार महाधिवेशन सम्पन्न गर्न सकिए पार्टीभित्रको गुट समाप्त हुने ः नेता सिंह

28

संतोष रन्जितकार
वीरगंज, २१ माघ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले पार्ट्भीित्रको उत्पन्न विवाद समाधानका लागि तोकिएको समयमा १४ औँ महाधिवेशन सम्पन्न गर्न जरुरी रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिंहले यस्तो बताउनु भएको हो ।

उनले केन्द्रीय कमिटीले सार्वजनिक गरेको कार्यतालिकालाई पूर्ण रुपमा पालना गरी शान्तिपूर्ण तथा भयरहित वातावरणमा १४ औँ महाधिवेशन सम्पन्न गर्नु पर्ने बताएका थिए । पार्टी नेतृत्वले विधानलाई पाखालगाई आफूखुशी गरेकाले स·ठनभित्र विवाद देखिएको बताउँदै उहाँले विधानअनुसार महाधिवेशन सम्पन्न गर्न सकिए पार्टीभित्रको गुट समाप्त हुने विश्वास समेत व्यक्त गर्नुभयो ।
उहाँले पार्टीलाई कमजोर पार्न काँग्रेसभित्रको विवादबारे गलत किसिमको समाचार सम्प्रेशन भइरहेको बताउनुभयो । नेता सिंहले सरकारले विनियोजन गरेको विकास बजेट खर्च गर्न नसक्नु सरकारको असफलता रहेको आरोप लगाउनुभयो ।
प्रेस युनियन पर्साका उपाध्यक्ष विजय चौहानको अध्यक्षतामा सम्पन्न भएको सम्मेलनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री हृदयनारायण थानी, केन्द्रीय सदस्य रामकृष्ण यादव, पूर्वमन्त्री सुरेन्द्र चौधरी लगायत नेता कार्यकर्ताहरु र स्थानीयहरुको उपस्थिति थियो ।