दलित बालबालिकालाई न्यानो कपडा वितरण

25

संतोष रन्जितकार
वीरगंज, २३ माघ ।
पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा न. ५ महुवनमा रहेको श्री दलित प्राथमिक विद्यालयमा अध्ययनरत २ सय १० जना दलित बालबालिकालाई न्यानो कपडा बितरण गरिएको छ । नेपाल एशोसियन (एनआरएनए), यूएई क्षेत्रिय समन्वय परिषद्, अलऐनको सहयोग र दलित अधिकार समाज पर्सा, नेपाल पिस फर दलित फाउण्डेशनको पहलमा कपडा बितरण गरिएको हो ।
विगत देखी नै नेपाल र नेपालीहरूको हितमा काम गर्दै आएको यस संस्थाले यसपाली गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश महराको सभापतित्वमा भएको कार्यक्रममा सखुवाप्रसौनी गाउँपालिकाका प्रमुख प्रदीप जैसवाल, वडा नं. ५ का अध्यक्ष रुपलाल यादव, एनआरएनए अलऐनका प्रतिनिधि भगत सिवाकोटी, अग्नि प्रसाद मैनाली, प्रेम प्रधान दलित, जनप्रतिनिधि रामबालक महरा, दलित महिला सदस्य संगिता देवी, दलित प्राथमिक विद्यालयको संस्थापक जदु प्रसाद तेलि, प्रधानाध्यापिका अर्चना कुमारी गुप्ता, लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सहजीकरण दलित अधिकार समाज, पर्सा र पिस फर दलित फाउण्डेशन नेपालको अध्यक्ष मनोज रामले गर्नु भएको थियो ।