धनुषालाई हराउँदै बारा फाइनलमा प्रवेश

16

संतोष रन्जितकार
वीरगंज, २३ माघ ।
वीरगञ्जको आदर्शनगर रंगशालामा जारी प्रदेश स्तरीय प्रथम गिरिजा प्रसाद गोल्डकपको उपाधिका लागि शनिवार बारा र सप्तरीले प्रतिस्पर्धा गर्ने भएका छन् । जीपी कोइरालाई फाउण्डेशन पर्साद्वारा आयोजित प्रतियोगिताको बिहिबारको सेमीफाइनल खेलमा धनुषालाई ट्राइब्रेकरमा हराउँदै बाराले सप्तरी सँगको भिडन्त पक्का गरेको हो ।

निर्धारित समयमा दुवै समुहले गोल नगरेपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो । ट्राईब्रेकरमा बाराका जर्सी न. १० चन्दन महतो, जर्सी न. १६ सुवास चौधरी, जर्सी न. ८ राजु चौधरी र जर्सी न. १४ मनिष महतोले १/१ गोल गरेका थिए भने धनुषाका जर्सी न. १५ मनोज तामांगले १ गोल गरेका थिए । उक्त प्रतियोगितामा बाराका गोलकिपर जयराम चौधरी म्यान अफ दी म्याच घोषित भएको आयोजकले जनाएको थियो । यसैबिच शुक्रवार आयोजक र बैंकर्स ग्रुपबीच प्रतिस्पर्धा हुने छ ।