बारामा बुद्धिचाल संघ गठन

6

मनोज साह
जितपुर बारा, २३ माघ ।
बारा जिल्लाको जितपुरमा बिहीबार बुद्धिचाल संघको गठन भएको छ । बुद्धिचाल प्रदेश २ नम्बर का सदस्य मनोज कुमार साहको अध्यक्षतामा ९ सदस्यीय कमिटी गठन भएको हो ।
बारा बुद्धिचाल संघका अध्यक्ष रमेश प्रसाद चौधरी, उपाध्यक्ष संदिप कुमार यादव, सचिव संदिप साह, सहसचिव सुसान्त शन्त साह, कोषाध्यक्ष बिनोद चौधरी, सदस्यहरुमा रोमन चौधरी, सरोज खनाल, गुडी शर्मा, दिनेस प्रसाद कलवार सर्बसहमतिबाट चयन भएका हुन् । सो कमिटि बुद्धिचाल संघका केन्द्रीय सदस्य रामकिशोर सिंहको प्रमुख आतिथ्यमा गठन गरिएको थियो ।