सरसफाई तथा सडक वचाउ अभियान सुरु गर्ने ः राज्य मन्त्री योगेन्द्र यादव

10

सत्येन्द्र प्रताप सिंह
रौतहट, २३ माघ ।
प्रदेश नम्बर २को भुमी व्यवस्था तथा कृषि सहकारी राज्य मंत्री योगेन्द्र यादवले सरसफाई तथा सड्क बचाउ अभियान सुरू गर्ने भनेका छन् । जिल्लाको विभिन्न धर्म स्थल तथा पर्यटकीय स्थलहरु रहेका ठाउँलाई सरसफाई तथा सून्दरताको आवश्यकता रहेको र सो ठाउँ लाई प्रायः स्थानीय तहले कम वास्ता गरेकोले सो कार्य गर्नु आवश्यक रहेको बताउनुभयो ।
विभिन्न कार्यक्रममा सहभागिता को लागि आफनो गृह जिल्ला आउनू भएको राज्य मंत्री योगेन्द्र यादवले प्रेस नेफाल रौतहटको कार्यक्रममा सो कूरालाई सन्चारकर्मीहरुसँग विचार विमर्श गरेको हुन् ।
सड्क खण्डमा अतित्रमण गरी विभिन्न कार्यहरू गरीरहेका र आम जनताको आवत जावत समेतमा व्यापक प्रभाव पारेको हूदा सम्बन्धी व्यक्ति हरूलाई आग्रह गरी सड्क बचाउ अभियान शूरू गर्ने वहाँले वताएका छन् ।
प्रेस नेपाल रौतहटको जिल्ला शाखा कार्यालय गौरमा पत्रकारहरू संग कूरा गर्दै सत्य तथ्य पत्ता लगाई सामाचार लेख्न संचारकर्मीको दायीत्वका साथै हक अधिकार पनी रहेको छ भन्नु भयो ।आफनो अधिकार लाई दुरूपयोग गरी पूर्वाग्रही हिसाबले सामाचार न लेख्नको लागि आग्रहसमेत गर्नुभयो।सो विचार विमर्श मा नेपाल पत्रकार महासंघ रौतहट शाखा अध्यक्ष तथा प्रेस नेपालका केन्द्रिय सदस्य रबिन्द्र प्रसाद साह, गोरखा पत्र च.पूर संवाददाता मनोज तिमल्सिना, प्रेस नेपाल रौतहटका अध्यक्ष किशोरी यादव,प्रेस नेपालका प्रदेश कोषाध्यक्ष राकेश कुमार यादव, पत्रकार सतेन्द्र सिंह, अरविन्द कुमार यादव, लगायतको उपस्थित रहेको थियो ।