घण्टाघरमा एक व्यक्ति मृत अवस्थामा फेला

21

संतोष रन्जितकार
वीरगंज, २४ माघ ।
वीरगंजको घण्टाघरमा मृत अवस्थामा एक व्यक्ति फेला परेका छन् । वीरगंज महानगरपालिका वडा नम्बर ९ घण्टाघरस्थित खाली रहेको जग्गामा रहेको प्रतिक्षालयमा शव फेला परेको प्रहरीले जनाएको हो ।
लड्डु साह कानु नामले चिनिने व्यक्ति मृत अवस्थामा फेला परेका हुन् । शवसँगै बसिरहेका मृतकको छोरी बताउने ८ वर्षीया आरती कुमारी र १० वर्षीया सरस्वति कुमारीसँग सोधपुछ गर्दा आफूहरु बुवासँगै मागी खाई गुजारा चलाईरहेको तथा आमाको केही वर्ष अगाडि मृत्यु भएको भनि बताएको प्रहरीले जनाएको थियो । मृतकको शव पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाइएको थियो । दुवै बालिकाहरुलाई पालनपोषण तथा संरक्षण गर्ने कोही नभएकोले उनीहरुको संरक्षणको लागि बाल हेल्प लाईन वीरगंजमा पठाइएको तथा घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।