नेविसंघ पर्साद्वारा त्रिविवि रजिष्ट्रार दाहाललाई ज्ञापन

23

संतोष रन्जितकार
वीरगंज, २४ माघ ।
नेविसंघ पर्साले त्रिभुवन विश्व विद्यालयका रजिष्ट्रार पेशल दहाललाई शुक्रबार ३ बुंदे ज्ञापन पत्र बुझाएको छ । वीरगंज आएका रजिष्ट्रार दहाललाई नेविसंघले ठाकुर राम बहुमुखी क्याम्पसमा भेटी ज्ञापन पत्र बुझाएको हो ।
यथासिघ्र क्रि.वि. रेक्टर नियुत्त गर्न, स्ववीयु निर्वाचनको तालिका प्रकाशन गर्न र क्याम्पस प्रमुखको नियुक्तिमा निमित हटाउनु पर्ने माग राख्दै नेविसंघले दहाललाई ज्ञापन पत्र बुझाएको हो ।
हाम्रा मागहरु त्रि.वि. पदाधिकारी तथा प्रशासनले यथासिघ्र कार्यन्वयन नगरे आउदा दिनमा त्रि.वि. पदाधिकारी तथा प्रशासनलाई असहयोग पुग्ने गरी जुन सुकै कठोर कार्यक्रम लिएर भए पनि आफ्नो माग पुरा गराउन नेविसंघ आन्दोलनमा समेत हुमिने नेविसंघ ठा.रा.ब. क्याम्पस उपाध्यक्ष मुनराज तिवारीले बताए ।
ज्ञापन पत्र बुझाउनेमा नेवि संघका पूर्व केन्द्रिय सदस्य सुधिर पटेल, विद्यार्थी नेता अब्दुल क्युम, प्रकाश रौनियार लगायतका युवा नेताहरुको सहभागिता रहेको थियो ।