पर्दाफास दैनिकको नवौं वार्षिकोत्सव सम्पन्न

जिम्मेवार र जवाफदेही पत्रकारिता गर्नुपर्छ ः सदस्य चौलागाई

36

संतोष रन्जितकार
वीरगन्ज, २४ माघ ।
वीरगंजबाट दैनिक रुपमा प्रकासित हुंदै आएको पर्दाफास दैनिक पक्रिकाको शुत्रबार नवौं वार्षिकोत्सव सम्पन्न भएको छ । वीरगंज मुर्ली स्थित नेपाल पत्रकार महासंघ पर्साका सभाहलमा सम्पन्न वार्षिकोत्सवको प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका सदस्य गोबिन्द प्रसाद चौलागाई रहनु भएको थियो ।

सो अवसरमा समारोहलाई सम्बोधन गर्दै प्रेस काउन्सिल नेपालका सदस्य चौलागाईले गाउँ गाउँमा पुगिसकेको सिंह दरबारको अधिकार जनताले प्राप्त गरेको छ कि छैन् भने बिषयमा पत्रिकाले खबरदारी गर्नु पर्ने बताएका थिए । उनले अहिलेको डिजिटल प्रविधिको समयमा पत्रिकाको चुनौतिहरु थपिदै गएको अवस्थामा पत्रिकाहरुले त्यस अनुसार पनि परिवर्तन हुन जरुरी रहेको धारणा राखे । उनले डिजिटल मिडियाहरुले छिन छिनमा समाचार दिने भएपनि पत्रिकाको छुट्टै आफ्नो गरिमा रहेको र त्यसलाई बचाई राख्न जरुरी रहेको बताए ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य समेत रहेका चौलागाईले पत्रकार अचारसंहिता पालना गर्दै जिम्मेवार र जवाफदेही पत्रकारिता गर्नुपर्ने बताउनु भएका थिए ।
पत्रिकाका प्रकाशक तथा प्रबन्ध निर्देशक राघव साहको अध्यक्षतामा भएको समारोहमा नेकपाका केन्द्रिय सदस्य एवं पर्सा इन्चार्ज रामचन्द्र साह, संविधान सभा सदस्य जयप्रकाश थारु, नेकपा पर्साका अध्यक्ष प्रभु हाजरा, नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेत, अधिवक्ता प्रमोद साह, प्रेस संगठन नेपालका केन्द्रिय सदस्य वृजलाल पासवान लगायकाको उपस्थिती रहेको थियो ।