प्रभु अस्पतालद्वारा फागुन ४ देखि ९ गते सम्म स्वास्थ्य शिविर संचालन गरिने

22

संतोष रन्जितकार
वीरगंज, २४ माघ ।
वीरगन्जमा रहेको प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले यहि फागुन ४ गते देखि ९ गते सम्म स्वास्थ्य शिविर संचालन गर्ने लागेको छ । अस्पताल प्रशासनले शुक्रबार एक पत्रकार सम्मेलनको आयोजना गरि शिविरको बारेमा जानकारी गराएको हो ।
फागुन ४ गते बिहान १० बजे देखि फागुन ९ गते सम्म आयोजना गरिने शिविरमा फरक फरक रोगहरुको विशेष छुटका साथ चेकजाँच गरिने अस्पतालका अध्यक्ष एवम सर्जन डा. मनोज गुप्ताले बताए ।
शिविरमा मुटुरोग बिशेषज्ञ डा. राधा भट्टराई, फिजिसियन डा. उदयनारायण सिंह, डा. महेश्वर प्रसाद कुर्मी, हाडजोर्नी तथा नशारोग बिशेषज्ञ डा. रविन्स कुमार साह, डा. चन्द्रभुषण यादव, बाल तथा नवजात शिशुरोग बिशेषज्ञ डा.रैफुल आलम, डा.प्रविन कुमार सिंह, डा. श्यामबाबु साह, डा. अमित ठाकुर, नाक,कान,घाँटी रोग बिशेषज्ञ डा. बिद्यान कोइराला, डा. राम प्रधान, स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डा. लक्ष्मी थापा गुप्ता, डा. बिरेन्द्र भगत, सर्जन डा.मनोज कुमार गुप्ताले चेकजाँच गर्नेछन् । सो शिविरमा आउने जनमानसहरुको रोग अनुसारको विशेषज्ञ डाक्टरहरुले चेकजाँच गर्ने सम्मेलनमा जनाइएको थियो ।
उनले शिविर अवधि भरी ओपिडिमा ५० प्रतिशत, एक्सरे, भिडियो एक्सरे ल्याब सहित अप्रेशनमा २० प्रतिशत र औषधिमा ५ प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी गराए ।
पत्रकार सम्मेलनमा बोल्दै अस्पतालका संचालक एवं स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. लक्ष्मी थापाले गत पुसमा बच्चा डेलिभरीको समयमा गर्भवतीको मृत्यु भएको घटनामा डाक्टर र अस्पताल प्रशासनको लापरवाही नभएको काउन्सिलले प्रमाणित गरिसकेकोले अस्पताल माथि गलत आरोप लगाइएको जानकारी गराएकी थिइन् । उनले काउन्सिलको सफाईसंगै अस्पताल पुनः संचालन गरी शल्यक्रिया समेत शुरु गरिएको जानकारी दिइन् । डा. थापाले वीरगन्जमा छिटै नै निसन्तान दम्पतीको लागि आईभिएभ सेन्टर संचालनको तयारीमा लागेको र यो एक दुई महिनामा संचालन हुने बताइन् ।
प्रभु बैकको ८० प्रतिशत ऋण सहुलियतमा प्रदेश २ कै पाँच तल्ले सुबिधा सम्पन्न अस्पताल निर्माण गरेको छ । अस्पतालले सुबिधा सम्पन्न प्रबिधि र उपकरणका साथ उपचार सेवा सहित २४ घण्टा ईमरन्जेन्सी सेवा, आईसियु, एन आईसियु, पेडियार्टिक ,ल्याप्रोस्कोपी सर्जरी, हाडजोर्नी, मुटु रोग, मेडिसिन लगायत सेवा सुचारु गरेको छ ।
पत्रकार सम्मेलनमा अस्पतालका मेडिकल अफिसर डा. अभिषेक अर्याल, जनसम्पर्क प्रमुख कुन्दन गुप्ता, प्रशासन प्रमुख लक्ष्मी खरेल लगायत अस्पतालका अलि अकबर हुसैन, सुभाष गुप्ता लगायतको सहभागिता रहेको थियो ।