गिरिजा प्रसाद कोइराला गोल्डकप फुटबल प्रतियोगिताको प्रथम उपाधि सप्तरीले हात पार्‍यो

46

संतोष रन्जितकार
वीरगन्ज, २५ माघ ।
वीरगन्जमा आयोजित प्रथम प्रदेश स्तरीय गिरिजा प्रसाद कोइराला गोल्डकप फुटबल प्रतियोगिताको उपाधी सप्तरीले हात पारेको छ । वीरगन्जको आदर्शनगर रंगशालामा शनिवार भएको फाइनल खेलमा बारा जिल्लालाई २–० गोलले हराउदै सप्तरीले प्रतियोगिताको उपाधी हात पारेको हो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा सप्तरीका लागि जर्सी नं.११ का सुदिप श्रेष्ठ र १६ का दिवस श्रेष्ठले १–१ गोल गरी बिजयी बन्न सफल भएका थिए ।
गोल्डपको उपाधीसंगै सप्तरीले नगद १ लाख ५१ हजार रुपैया पुरस्कार पाएको थियो भने उपविजेता बाराले भने ७५ हजार रुपैया नगद पुरस्कार पाएको थियो । प्रतियोगितको सर्वोत्कृष्ट खेलाडी सप्तरीका प्रवीण चौधरी, उत्कृष्ठ गोलरक्षक सप्तरीकै सिताराम चौधरी र सर्वाधीक गोलकर्ता पनि सप्तरीकै दिवस श्रेष्ठ घोषित भएका थिए ।

प्रतियोगिताको समापन समारोहमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले उपाधी विजेता र उपविजेतालाई कप र मेडल प्रदान गर्नु भएको थियो । गिरिजा प्रसाद कोइराला फाउण्डेशन पर्साले माघ १८ गते देखि आयोजना गरेको प्रतियोगितामा प्रदेश २ का आठ वटै जिल्ला फुटबल संघका टिमले भाग लिएका थिए ।

फाउण्डेशन पर्साका अध्यक्ष महम्मद सहाबुद्दिनको अध्यक्षतामा शनिवार भएको समापन कार्यक्रममा नेपाली काँग्रेसका नेता डाक्टर शोभाखर पराजुली, राजपाका महासचिव शिव पटेल, सहमहासचिव निजामुद्दिन समानी, पुर्व सांसद अनिल रुंगटा, प्रदेशसभा सदस्य राजेश्वर साह तेली, नेकपाका पर्सा अध्यक्ष प्रभु हजरा, समाजवादी पार्टीका पर्सा जिल्ला अध्यक्ष रामनरेश यादव, काँग्रेस नेताहरु प्रकाश उपाध्याय, रामरुप कुर्मी लगायत स्थानीय बुद्धिजीवी व्यक्तिहरु तथा संचारकर्मीको उपस्थिती रहेको थियो ।