श्री गणेश बचत तथा ऋण सहकारीको ११ औं बार्षिकोत्सव सम्पन्न

हाम्रो देश गरिब छैन यहाँ बस्ने मानिसको सोच गरिब छ ः सांसद यादव

37

संतोष रन्जितकार
वीरगन्ज, २५ माघ ।
समाजवादी पार्टीका नेता एवम सांसद प्रदिप यादवले गरिबी निवारण र आर्थिक उन्नतीको लागी सहकारी उफयुक्त एवम सर्वोकृष्ट रहेको धारणा व्यत्त गर्नुभएको छ । श्रीगणेश बचत तथा ऋण सहकारी संस्थाको ११ औं बार्षिकोत्सवको अवसरमा सांसद यादवले यस्ता धारणा राखेका हुन् ।
प्रमुख आतिथि समेत रहनु भएका सांसद यादवले कार्यक्रमलाई सम्बोधन गर्दै छरिएको पुजिलाई एकिकृत गर्दै समुदायको उत्थानमा सहकारीको धेरै राम्रो भूमिका रहेको बताउनु भयो । उहाले देश गरिब नभए पनि चिन्तन गरिब भएको कारण समाजको विकास हुन नसकेको बताउनु भयो ।
सांसद यादवले राष्ट्रिय परिपेक्ष्यमा सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ भएपनि प्रदेश २ को सरकारले यहाको समाजिक परिवेश अनुसारको सहकारी नियमावली २ बर्षसम्ममा बनाउन नसक्नु दुर्भाग्य भएको बताउनु भयो । प्रदेश २ को परिपेक्ष्यमा मधेसी समुदायको आर्थिक उन्नतीको लागी प्रदेश सरकारलाई अविलम्ब प्रदेश स्थरीय सहकारी कानुन बनाउन सांसद यादवले मांग समेत गर्नुभएको थियो । उहाले केही सहकारी संचालकहरुको गलत रवैयाको कारण सहकारी संस्थाहरु बदनाम भएको बताउदै संचालकहरुलाई पारदर्शी हुन अनुरोध गर्नु भयो ।
श्री गणेश बचत ऋण सहकारी संस्थाका अध्यक्ष अशोक टेमानीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय सहकारी बिकास बोर्डका सदस्य शम्भु गुप्ता, सहकारीका पुर्व अध्यक्ष गणेश लाठ, वीरगन्ज उधोग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, राजेश पंडित लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।