सशस्त्र प्रहरीद्वारा अवैध कुखरा बरामद गरी नष्ट

22

सत्येन्द प्रताप सिंह
रौतहट, २५ माघ ।
सशस्त्र प्रहरी बलले जिल्लाको विभिन्न ठाउँबाट अवैध कुखरा बरामद गरेको छ । शनिबार बिहान १० बजेको समयमा भारतबाट नेपालको गौर नपा वडा नं २ महादेवपट्टी नाका भई अवैध कुखरा भित्रयाई रहेका बेला सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट गौरका सप्रनीको कमाण्डमा खटिएको टोलीले ४० किलो कुखरा बरामद गरेको थियो । सशस्त्र प्रहरीले बरामद गरेको कुखराहरुलाई क्याम्पभित्र खाल्डो खनी नष्ट समेत गरेको हो ।
त्यसैगरि भारतबाट रौतहटको परोहा नपाको वडा नं ६ स्थित शनिबार बिहान ७ बजेको क्रममा अवैध कुखरा १३० किलो सशस्त्र प्रहरी बेश क्याम्प फतुहा महेशपुरको टोलीले पक्राउ गरी संचारकर्मी, इन्क्वारेनटाइनका प्रतिनिधि रामानन्द झा, अनुसन्धानका प्रतिनिधि लगायतको उपस्थितिमा नष्ट गरिएको छ ।