नवदिप एकेडेमीको वार्षिकोत्सव सम्पन्न

बालबालिकाको चौतर्फी बिकासका लागि खेलकुद अपरिहार्य ः मेयर सरावगी

13

संतोष रन्जितकार
वीरगंज, २६ माघ ।
नवदिप एकडेमी सातौं बर्ष पुरा गरि आठौं बर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी बार्षिकोत्सव मनाएको छ । एकेडेमीले आइतबार विद्यालय प्रा·णमा आयोजना गरेको कार्यक्रमको वीरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावगीले पानसमा द्विप प्रज्वलित गरी उद्घाटन गरेका हुन् ।
बिधालयले बिगत झै प्रत्येक बर्ष बिभिन्न कार्यक्रम गरि मनाऊदै आएको बार्षिकोत्सव कार्यक्रममा यस बर्ष खेलकुद कार्यत्रम गरि सम्पन्न भएको हो । बालबालिकाको बिभिन्न शारिरिक तथा मानसिक बिकासका लागि अति आवश्यक खेलकुद भएकोले बार्षिकोत्सवमा यो कार्यक्रम आयोजना गरिएको बिधालयकी निर्देशिका जोतसाना गुप्ताले बताइन ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर सरावगीले बालबालिकाको चौतर्फी बिकासका लागि खेलकुद अपरिहार्य रहेको कुरामा जोड दिए ।
कार्यक्रममा पोखरिया नगरपालिकाकी उप–मेयर सलमा खातुन, बीरगंज महानगरपालिका राजनितिक सल्लाहाकार मुकेश द्विवेदी, समाजिक अभियान्ता प्रकाश थारु, शैलेन्द्र त्रिपाठी, डिन पर्साका अध्यक्ष शम्भु साह, प्रहरी निरिक्षक रबि भुषण यादब, अभिभावक लगायत बालबालिका सहित एक हजार भन्दा बढिको उपस्थिति रहेको थियो ।
बार्षिकोत्सव कार्यक्रममा शिक्षकद्वय गिता साह र शुष्मा मण्डललाई प्रशंसा पक्र सहित दोसल्ला ओढाई सम्मान गरिएको थियो । कार्यत्रम बिधालयकी निर्देशिका तथा प्रधानाध्यापिका सुशिला साहको अध्यक्षतामा भएको कार्यक्रमको संचालक बाल अधिकारकर्मी जया साह र शिक्षिका नेहा अग्रवालले गरेका थिए ।