नेपाली कांग्रेस निकट पर्साका भातृ संगठनहरुद्वारा विरोध प्रदर्शन

10

संतोष रन्जितकार
वीरगंज, २६ माघ ।
नेपाली कांग्रेस निकटका विभिन्न भातृ संगठनहरुले आइतबार वीरगंजमा विरोध प्रदर्शन गरेका छन् । बालुवाटारको जग्गा प्रकरणमा नेकपा नेतालाई उन्मुक्ति तथा अन्यलाई राजनैनिक बदनियत र प्रतिशोधपूर्ण मुद्दा लगाउने निर्णय भएको भन्दै कांग्रेस निकटका भातृ संगठनहरुले विरोध प्रदर्शन गरेका हुन् ।
वीरगंजको घण्टाघरबाट निस्केको विरोध जुलुश माईस्थान, महाविरस्थान, आदर्शनगर, घडिहर्वा हुदै पुनः घण्टारमा पुगी कोणसभामा परिणत भएको थियो । बिरोध जुलुसमा सहभागिहरुले स्वतन्त्र र निष्पक्ष न्याय गर, निर्दोषलाई फसाउन पाइदैन्, काण्डै काण्डको सरकार चाहिदैन्, भ्रष्ट सरकार चाहिदैन् लगायतका नारा लेखिएको प्ले कार्ड सहित नाराबाजी समेत गरेका थिए ।
तरुण दल पर्साको आयोजनामा भएको विरोध प्रदर्शनमा नेपाली कांग्रेस पर्साका कोषाध्यक्ष इमतियाज आलम, तरुण दलका नेता सहरुम राउत गद्दी, हुकुम सिंह, कालु सिंह, नेवि संघका पूर्व केन्द्रिय सदस्य बद्री तिवारी, तरुण दल पर्साका सचिव विवेक चौरसिया, विद्यार्थी नेता बिकास तिवारी, रोशन सिंह, मुनराज तिवारी, राज चौरसिया लगायत नेविसंघ, महिला संघ, किशान संघ लगायतका नेपाली कांग्रेस निकटका भातृ संगठनका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेका थियो ।