स्रोत खुल्न नसकेको रकम सहित एक भारतीय पक्राउ

31

संतोष रन्जितकार
वीरगंज, २६ माघ ।
वीरगञ्जको रजतजयन्ती चोकबाट प्रहरीले स्रोत नखुलेको ५ लाख ५० हजार नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्लाको पूर्वी चम्पारण रक्सौल डुमरिया टोल बस्ने ५० वर्षीय सुरेश महत्तो रहेका छन् । बीआर ०५ एए ७३१९ नम्बरको मोटरसाइकलमा सवार भई भारतको रक्सौलबाट वीरगञ्ज तर्फ आउँदै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकबाट उक्त रकमसहित महतोलाई आइतबार पक्राउ गरिएको थियो ।
अवैध वित्तिय कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा खानतलासी गर्दा उनलाई पक्रन सफल भएको र उनीमाथि थप अनुसन्धान अघि बढाएको पर्सा प्रहरीले जनाएको छ ।