भिस्वा डाँडामा सरसफाई कार्यक्रम सम्पन्न

16

वीरगंज, २७ माघ ।
रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिस र वीरगञ्ज पब्लिक कलेजको संयुक्त आयोजनामा सोमबार सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

भिस्वा डाँडामा गरिएको सरसफाईमा दुवै संस्थाबाट करिब ६० जनाको सहभागीता रहेको थियो ।

सरसफाई कार्यक्रममा वीरगञ्ज पब्लिक कलेजका निर्देशक डा. दिपक शाक्य, कलेजकी कार्यक्रम संयोजक प्रगती खड्का, रोट्रैक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका जोनल रिप्रेजेनटेटिभ अमित शर्मा, निश्चल प्रजापति, मधु प्रजापति, भोलुनटियर वीरगञ्जका संयोजक राजन श्रीवास्तव लगायत कलेजका विधार्थीहरुको सहभागीता रहेको थियो ।