सरोकार मंचद्वारा नव आगन्तुक प्रहरी उपरीक्षक पन्तको स्वागत

15

बीरगंज, २७ माघ ।
राष्ट्रिय सरोकार मंच नेपाल नारायणीले जिल्ला प्रहरी कार्यालय पर्साका नव आगन्तुक प्रहरी उपरीक्षक गंगा पन्तको स्वागत तथा बिशेष भेटघाट गरेको छ ।
सरोकार मंच नेपालका नारायणी संयोजक नन्दकिशोर गोयलले नव आगन्तुक पर्साका प्रहरी उपरीक्षक पन्तलाई खादा ओढाई फुलको गुच्छाले स्वागत गर्नु भएको थियो ।
त्यसैगरी प्रेस संयोजक प्रणय कुमारले प्रहरी उपरीक्षक पन्तलाई मायाको चिनो दिएर स्वागत गर्नु भएको थियो । स्वागतका लागि पुगेका मंचका उपाध्यक्ष कमल घिमिरे, सचिव मकबुल मियाँ बरही, नगर अध्यक्ष उपेन्द्र बरै लगायतको उपस्थिती रहेको थियो ।