साईबर क्राइम र किशोरी सचेतना बारे प्रशिक्षण

17

संतोष रन्जितकार
वीरगंज, २७ माघ ।
वीरगन्ज युवा समाज र वडा प्रहरी कार्यालय बिर्ताले संयुक्त रुपमा साईबर क्राइम सम्बन्धी प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । समुदाय प्रहरी साझmेदारी कार्यक्रम अन्तर्गत सोमबार वीरगन्ज स्थित त्रिजुद्व मावीको हलमा किशोरी सचेतना तथा साइबर त्राइम सम्बन्धि प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वीरगन्ज महानगर भिक्रका ११ वटा विद्यालयका करिब ३५० विद्यार्थी छात्राहरुलाई साइबर त्राइम बारे प्रहरी नायब उपरीक्षक गौतम थापा तथा किशोरी स्वस्थ्य सचेतना बारे स्त्री तथा प्रसुती विशेषज्ञ डा.दिप्ती यादवले प्रशिक्षण दिनु भएको थियो ।
वीरगन्ज युवा समाजका अध्यक्ष कमल चौगाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा डा. प्रिती यादव, जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख कमलराज पण्डित, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक निर्मल पनेरु, त्रिजुद्व माविका प्रधानाध्यापक हरेन्द्र कुर्मी, वीरगंज महानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष गजेन्द्र पटेल, क्यान प्रदेश नं २ का अध्यक्ष आलोक चौरसिया लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण युवा समाजका सचिव हेमन्त तामाङले गरेका थिए ।