जनताले नै चुनेको जनप्रतिनिधिहरु द्वारा जनताको दमन ः सिके राउत

35

संतोष रन्जितकार
वीरगंज, २८ माघ ।
सिके राउतको नेतृत्वका जनमत पार्टीले मंगलबार वीरगंजमा एक आमसभाको आयोजना गरेको छ । आमसभामामा बोल्दै जयकुमार साहले अन्य पार्टीभन्दा आफ्नो पार्टी राम्रो रहेको बताएका हुन् ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेका सिके राउतले कार्यक्रमलाई सम्बोधन गर्दै भने ॅस्थानीय तहदेखि केन्द्रसम्म जनताले नै चुनेको जनप्रतिनिधि छन्, तर कुनै पनि ढंगले जनताको शासनको आभास हुन पाएको छैन । जो सुटकेसमा करोडौं दिएर टिकट लिएर मेयर, गाउँपालिका अध्यक्ष बनेका छन् । उनीहरुले उल्टै जनतामाथि दमन गर्ने, भ्रष्टाचारी गरी करोडौं कमाउने जस्ता कार्यहरु जनप्रतिनिधिले गरिरहेको उनले बताएका थिए ।

जनता पार्टीको केन्द्रिय सदस्य संजय कुमार साहको अध्यक्षता भएको कार्यक्रममा जनता पार्टीको केन्द्रिय सदस्य अब्दुल खान, प्रशिक्षण विभाग प्रमुख संजय यादव, पर्सा इन्चार्ज सुजित कुमार चौरसिया, जनपरिचालन संयोजक श्याम शंकर चौरसिया, महिला जनपरिचालन संयोजक अनिता रौनियार, विद्यार्थी जनमत संघ पर्साका अध्यक्ष बालकुमार यादव, जनमत पार्टी बाराको इन्चार्ज ओम प्रकाश साह लगायतको नेता कार्यकर्ता, स्थानीय भद्रभलादमीहरु र विभिन्न गाउँ–गाउँबाट आएका व्यक्तिहरु गरी हजारौंको संख्यामा उपस्थिती रहेको थियो ।