भिजन मिडिया र एजुकेसन डटकमद्वारा संचालित शैक्षिक मेला सम्पन्न

संतोष रन्जितकार
वीरगंज, २८ माघ ।
स्वदेशमै शिक्षा, सबैको इच्छा भन्ने नारासहित वीरगञ्जको नगरसभा गृहमा आयोजित २ दिने शैक्षिक मेला मंगलबार सम्पन्न भएको छ । भिजन मिडिया ईनकर्पोरेशन र एजुकेसन डटकमको संयुक्त आयोजनामा भएको शैक्षिक मेलामा हिजो र आज गरी लगभग ५ हजार विद्यार्थीले निःशुल्क परामर्श लिएको मेलाका व्यवस्थापक नविन कार्कीले जनाएका हुन् ।
सो मेलामा काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, वीरगन्ज पब्लिक कलेज, ठाकुराम बहुमुखी क्याम्पस लगायतका २७ भन्दा बढी कलेजको स्टल राखिएको थियो । विद्यार्थीहरुलाई प्लस टु पछि कुन विषय पढ्दा कति खर्च लाग्छ, कुन विषय पढ्दा के हुन्छ जस्ता जिज्ञासाहरुको बारेमा कलेजका बिशेषज्ञहरुले परामर्श दिएका थिए ।

नेपालमै गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने अभिप्रायले स्टडी ईन नेपाल एजेुकेशन फेयरको आयोजना गरिएको एजुकेशन डटकमका प्रमुख कार्यकारी अधिकृत जिवन लामा गोलेले बताउनुभयो । उनले विद्यार्थीहरुको उल्लेखीय उपस्थितीले आगामी दिनमा पनि वीरगञ्जमा शैक्षिक मेलाको आयोजना गर्ने बताउनुभयो ।

Get real time updates directly on you device, subscribe now.