नदीमा प्रदुषण फैलाउने उद्योगलाई कारवाहीको माग ः सांसद यादव

27

संतोष रन्जितकार
वीरगंज, २९ माघ ।
समाजवादी पार्टीका सांसद प्रदीप यादवले वीरगञ्जस्थित सिर्सिया नदीमा बढेको प्रदुषणले जिल्लावासी प्रताडित भएको बताएका छन् । पर्सा क्षेत्र नं. १ र २ अन्तर्गत वीरगञ्ज महानगरपालिकामा पर्ने सिर्सिया नदी केही उद्योग तथा कलकारखानाको बदमासीले प्रदुषित र विषालु भई जनताको स्वास्थ्यको लागी हानिकारक भएको सांसद यादवले बताएका हुन ।
बुधबार बसेको प्रतिनिधी सभा बैठकमा बोल्दै सांसद यादवले भने, ॅनदीको प्रदुषित पानीको कारण आम जनता मुख छोपेर हिडनु पर्ने बाध्यता छ । नदीको प्रदुषित पानी खाएको चौपायाहरु बिरामी भएर ज्यान गुमाई सकेका छन्’ । दर्जनौ गाउँको हजारौं सर्वसाधारणको जीवनसंग प्रत्यक्ष गासिएको समस्या भएकोले नदीमा प्रदुषण फैलाउने उद्योगलाई कारवाही गर्न सांसाद यादवले माग गरेका थिए ।
ॅविगतको दिनमा सिर्सिया नदीको पानी पहाडको झरिबाट निस्किने पानी जस्तो सफा र चम्किलो थियो । बैशाख–जेठको महिनामा तिर्खा लाग्नेले समेत त्यही पानी खाने गर्थे,’ उनले भने, नदी आसपासका किसानहरुले पनि पम्पि· लगाएर सिचाई समते गर्थे ।’ तर अहिले मानिसहरु नदीको पानी हेर्न समेत चाहदैनन्, उनले भने ।
२०६७ सालमा एउटा अध्ययन टोलीले समेत आफ्नो प्रतिवेदनमा ४८ वटा उद्योग र अबैध रक्सी भठ्ठी एंव वीरगञ्ज महानगरपालिकाका ढल र फोहोर पनि प्रदुषणको स्रोतको रुपमा उल्लेख गरेको बताउँदै उनले सिर्सिया नदीलाई फोहोर, दुर्गन्धित र विषालु पानी फाल्ने छाला उद्योग, डिस्टिलरी, टेक्सटाईल, घ्यू, साबुन, कार्टुन, कागज, सलाई र रांगा काट्ने उद्योगहरु रहेको बताउँदै यि उद्योगहरुलाई कारवाही गर्न संसदमा आवाज उठाएको सांसद यादवले बताए ।