रोटरी क्लब अफ हेटौडाद्वारा निःशुल्क आँखा परीक्षण

0

सत्येन्द प्रताप सिंह
रौतहट, २९ माघ ।
परोहा नगरपालिकामा गरिबहरुको निःशुल्क आँखा परीक्षण गरिएको छ । रोटरी क्लब अफ हेटौंडा, रोट्रैक्ट क्लब अफ हेटौंडा तथा हेटौंडा सामुदायिक आँखा अस्पतालको लगानी तथा स्थानीय आयोजक परोहा नगरपालिका, छायाँ नेपाल तथा राष्ट्रिय अपा· कल्याण संघ नेपालको आयोजनामा २०० जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो । जसमध्ये ५० जनामा मोतियाबिन्दु समेत फेला परेको थियो । मोतियाबिन्दु फेला परेकालाई निःशुल्क शल्यक्रियाका लागि बिहीबार निजी सवारीद्वारा हेटौंडा लगिने तथा खाना, खाजा, बस्ने, औषधि, चश्मा समेत निःशुल्क उपलब्ध गराइने रोटरी क्लबका सचिव प्रमेश प्रधानले जानकारी दिनु भयो । सो शिविरमा रोटरी क्लब अफ हेटौंडाका संयोजक हरिवंश भेटवाल, सहसचिव उमा प्रासाद रौनियार, हेटौंडा सामुदायिक आँखा अस्पतालका शुशिल कुमार सिंह, दे सा आ अ नेत्र सहायक कृष्णा प्रसाद कुशवाहा, नेत्र सहायक सिमा नेपाल, रवि पौडेल, अभिषेक रेग्मी, अचला शर्मा तथा रोशन पौडेल लगायतको उपस्थिती रहेको थियो ।