सामुदायिक सेवा केन्द्र छपकैयाद्वारा एसपी पन्तको स्वागत

संतोष रन्जितकार
वीरगंज, २९ माघ ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी छपकैयाले एक कार्यक्रमको आयोजनामा गरी नव आगन्तुक पर्सा प्रहरी उपरिक्षक गंगा पन्तको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्सामा आउनु भएको प्रथम महिला एसपिलाई स्वागत गरिएको हो ।
त्यसैगरी एसपी पन्तले पर्सामा रहि पर्सा बासीको शान्ति सुरक्षा, महिला हिंसा बिरुद्ध र खुल्ला सिमानामा हुने अपराध गतिविधि रोक्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । यसको लागी प्रहरी मात्रले नभई सम्पुर्ण जनसमुदायको सहयोगको आवश्यकता रहेको बताउनु भएको थियो । महिला प्रहरी प्रमुख हुदा धेरै चुनौती हुने भन्ने भनाई लाई चिर्दै अगाडि बढने उहाँको भनाई रहेको थियो । कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक निर्मल पनेरु, सामुदायिक सेवा केन्द्र छपकैयाका वरिष्ठ उपाध्यक्ष मो. अब्दुल हक, उपाध्यक्ष लालदेव प्रसाद यादव, कोषाध्यक्ष प्रेम कुमारी सिंह, सचिव प्रबिण बिक्रम शाह, सदस्य अजित भुजेल, धिरज शर्मा, सिता प्रसाई, मोमिला खातुन, बिट्टु नेपाली, राईजि· वीरगंज नेपालका अध्यक्ष आरजु खान लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य सामुदायिक सेवा केन्द्रका कोषाध्यक्ष प्रेम कुमारी सिंहले गर्नुभएको थियो भने कार्यक्रमको संचालन सदस्य एवं सन्चारकर्मी अजित कुमार भुजेलले गर्नु भएको थियो ।

Get real time updates directly on you device, subscribe now.