वीरगंज न्यूज २४ दैनिक पत्रिकाको प्रथम बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

पत्रकार नभए माफियाहरुलाई देश बेच्न पनि बेर लाग्दैन ः सांसद यादव

संतोष रन्जितकार
वीरगंज, १ फागुन ।
वीरगंज न्यूज २४ दैनिक पत्रिकाको प्रथम बार्षिकोत्सव बिहिबार भव्य रुपमा वीरगंजस्थित रोयल पार्टी प्यालेसमा सम्पन्न भएको छ । सो वार्षिकोत्सवको समारोहलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादवले पत्रकार नभए देश बेच्न पनि बेर नलाग्ने बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सांसद यादवले वाइडबडी, यती, एनसेल, ललिता निवास लगायतका काण्ड पत्रकारले नै बाहिर ल्याएको चर्चा गर्दै पत्रकार नभए माफियाहरुले देश बेच्न पनि बेर नलाग्ने बताउनु भएको थियो । पत्रकारले ललिता निवास काण्ड उजागर गरेका कारण अख्तियारले एक सय ७५ जना माथी मुद्दा दर्ता गरेको समेत बताए ।
उनले भने अख्तियारले सानो मात्र नभई ठुलोलाई पनि कारवाही गर्दछ र अबको १/२ दिन मै २/३ जना बरिष्ठ नेताहरु पनि त्यही काण्डमा तानिने छन् । समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहेका सांसद यादवले पत्रकार नभए कुनै पनि आन्दोलन सफल नहुने बताए । पत्रकारिता चुनौति पूर्ण पेशा रहेको बताउदै उनले जानको बाजी लगाएर पत्रकारिता गर्ने पत्रकारको प्रशंसा समेत गरे ।

आफु समाजवादी पार्टीको सांसद मात्र नभएर जनताको सांसद भएकोले हरपल पत्रकारलाई सहयोग गर्न तयार रहेको सांसद यादवले वताए । महासंघको भवन निर्माणमा सर्वप्रथम रु ५० हजार सहयोग गरेर आफुले नै सुरुवात गरेको बताउदै सांसद यादवले सांसदको परिधिले बांधेका कारण वितरण मुखी सहयोग गर्न नसकिने बाध्यता रहेको बताएका थिए ।
पत्रिकाको लोक कल्याणकारी विज्ञापनको भुक्तानीको लागि जनकपुर जानु पर्ने बाध्यताको गुनोसोको सन्दर्भमा बोल्दै यादवले जिल्ला हुलाका कार्यालय पर्साबाट नै भुक्तानीको व्यवस्था मिलाउन सांसदमा समेत आवाज उठाउने आश्वासन दिएका थिए ।
उनले डिजिटल मिडियाको समयमा प्रिन्ट मिडियाको चुनौती थपिए पनि प्रिन्ट मिडियाको छुट्टै महत्व रहेको बताए । पत्रकारिता व्यवसायिक र पेशागत हुनु पर्ने समेत उनको भनाई थियो ।
वीरगंज न्युज २४ दैनिक पत्रिकाका प्रकाशक अकलेश कुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रदेश २ अध्यक्ष दीपेन्द्र चौहान, उपाध्यक्ष केशी लामिछाने, पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्की, पर्सा अध्यक्ष श्याम बंजारा, नेकपाका पर्सा अध्यक्ष प्रभु हजरा, प्रेस संगठन नेपालका केन्द्रिय सदस्य वृजलाल पासवान, समाजवादी पार्टीका पर्सा सचिव तबरेज अहमद, राघव साह, गैसस महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह, प्रेस युनियन पर्साका उपाध्यक्ष शेखर छतकुली लगायतको उपस्थिती रहेको थियो ।

Get real time updates directly on you device, subscribe now.