मुस्लिम समुदायको सम्मेलन हुने

29

संतोष रन्जितकार
वीरगंज, २ फागुन ।
सप्तरीको बोदेवरसाइन नगरपालिका मुसलमान समुदायको धार्मिक सम्मेलन गर्नलाई गृह मन्त्रालयले रोक लगाएको केही घण्टा बित्न नपाउदै मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले प्रधानमन्त्री संग भेटगरी प्रतिबन्ध तत्काल हटाउन अडान लिए पछि सम्मेलनमा लगाइएको प्रतिबन्ध हटाउन र शान्तीपूर्ण तरिकाले सम्मेलन सम्पन्न गराउन प्रधानमन्त्रीले गृह मन्त्रीलाई निर्देशनु भएको छ ।
आयोगका अध्यक्ष अन्सारीले गृहले अनुमति प्रदान गर्दा दिएको सर्त बमोजिम नै सम्मेलनको सम्पूर्ण जिम्मेवारी आयोगले लिन तयार रहेकोले सम्मेलनमा कुनै प्रकारको प्रतिबन्ध नलगाउन सरकारसंग अपिल गरेको बताउनु भयो । सम्मेलनमा भागलिन मुस्लिमहरु सम्मेलन स्थलमा पुग्ने क्रम जारी रहेकोले कुनै प्रकारको अवरोध सृजना नगर्न गृहसंग अपिल गर्नु भयो । प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री राम बहादुर थापा बादलसंग भेट गरी मुस्लिम आयोगका अध्यक्षले शन्तिपूर्ण तरिकाले सम्पन्न हुने सम्मेलन माथि कुनै प्रकारको शंका नगर्न र सुरक्षा व्यवस्था मिलाउन आग्रह गर्नु भएको थियो ।
गृह मन्त्रालय स्रोतका अनुसार मुस्लिमहरुको सहभागिता अत्याधिक हुने भएको आकलन गरे पनि सुरक्षा प्रदान गर्न समस्या हुने भएकोले प्रतिबन्ध लगाउनु परेको धारणा राखेका थिए । मुस्लिम आयोगको निरन्तर पहलका कारण दोस्रो पटक स्थागित भएको सम्मेलन पुन हुने भएपछि मुस्लिमहरु हर्षित भएका छन । मुस्लिम आयोगले सम्मेलनमा कुनै प्रकारको अवरोध नहुने र कुनै प्रकारको अवरोध भए आयोग जिम्मेवार हुने बताएको छ ।
त्यसैगरी भारतबाट वीरगंजको नाका भई सप्तरी जान लागेका मुस्लिम चढेका भारतीय र बंगलादेशी गाडीहरुलाई प्रहरी प्रशासनले हिजोदेखि नेपाल भित्र्याउन रोक लगाएको थियो भने शुक्रबार सो रोक हटाईएको र गाडीहरु पूर्ण रुपमा सुचारु गरिएको प्रहरीले जनाएको थियो ।