इन्टरनेट सेवा प्रदायकले इन्टरनेटका तारलाई व्यवस्थित गर्ने कार्य शुरु

12

संतोष रन्जितकार
वीरगंज, ३ फागुन ।
वीरगंजको आदर्शनगर ग्रिन सिटीमा पोलमा जथाभावी तानिएका इन्टरनेटका तारलाई व्यवस्थित कार्य शुरु भएको छ । इन्टरनेट प्रदायक संस्थाका प्रतिनीधि र ग्रिन सिटी समुदायिकबीच भएको सहमति अनुसार शनिबारबाट सो तारहरुलाई व्यवस्थित गर्न शुरु गरिएको हो ।

ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको नेतृत्वमा बुधबार बसेको बैठकले सरोकारवाला निकायका प्रतिनिधिसहित ६ सदस्यीय तार व्यवस्थापन समिति समेत गठन गरेको थियो । सो समितिले पहिलो चरणमा लोहरपट्टी चोकदेखि ठाकुरराम बहुमुखी क्याम्पस चोकसम्मको इन्टरनेट तथा टिभी केबल तारको व्यवस्थापन गरिने समितिले जनाएको थियो । त्यसपछि वीरगंज नगरभरीका अव्यवस्थित रहेका तारलाई व्यवस्थित गरिने इन्टरनेट कम्पनीका कर्मचारीहरुको भनाइ थियो ।
त्यसैगरी वीरगंज महानगरपालिकाका विभिन्न नगरको सडकको छेउछाउमा रहेका पोलहरुमा फैलेक्स बैनर, होर्डि· बोर्डहरु समेत ग्रीन सिटी सामुदायिकका अध्यक्ष जयप्रकाश खेतानको नेतृत्वमा आजैबाट हटाउने कार्य शुरु गरेको थियो । सो कार्यमा प्रहरी प्रशासन, वीरगंज महानगरपालिकाका कर्मचारी, विद्युत प्राधिकरणका कर्मचारी, ग्रीन सिटीका पदाधिकारी लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।