समाजमा हुने गरेको विकृति तथा अपराधिक कार्यलाई रोक्न समाजको सहयोग आवश्यक ः एसपी पन्त

22

संतोष रन्जितकार
वीरगंज, ३ फागुन ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी कुम्हालटोलको आयोजनामा शनिबार नव आगन्तुक पर्सा प्रहरी उपरिक्षक गंगा पन्तको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक सेवा केन्द्र कुम्हालटोलका अध्यक्ष रमेश कुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि पर्साका प्रहरी उपरीक्षक ग·ा पन्त रहनु भएको थियो ।
सामुदायिक प्रहरीमा टोल समाजका व्यक्तिहरु रहेका हुनाले टोल समाजमा घटने विभिन्न किसिमका घटनाहरु जस्तै महिलाहिंसा, बालशोषण जस्ता अपराधिक कार्यहरुको जानकारी प्रहरीभन्दा पहिले सामुदायिकमा हुने भएकोले सो घटना तथा अपराधिक कार्यको बारेमा प्रहरीलाई तुरुन्त खबर गरी त्यस घटना वा अपराधिक कार्यमा संलग्न रहेका व्यक्तिहरुलाई उचित कारवाही गरेमा अन्यले फेरी त्यस्तो कार्यहरु नगर्ने तथा त्यस्ता कार्यहरुलाई केही हदसम्म रोक्न सकिने एसपी पन्तको भनाई रहेको थियो । उहाँले नेपालको प्रमुख प्रवेशद्वारको रुपमा चिनिने वीरगंजमा सिमानाका खुल्ला रहेको हुनाले भारतबाट विभिन्न किसिमको तस्करी, कालोबजारी, लागुपदार्थ ओसार–पसार, चेलीबेटी बेचबिखन, हुण्डीको कारोबार लगायतका विभिन्न अवैध कार्यहरु हुने भएकोले त्यस्ता कार्यहरुलाई रोक्न समाजको सहयोग आवश्यक रहेको उनले बताइन् ।
स्वागत कार्यक्रममा वडा नं.५ का वडा अध्यक्ष प्रदिप चौरसिया, वडा नं.१६ का वडा अध्यक्ष श्यामबाबु चौरसिया, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निर्मल पनेरु, वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई, सन्चारकर्मी अजित भुजेल लगायत सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य सामुदायिकका सदस्य भवानी घिमिरेले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव श्रवण रायमाझीले गर्नु भएको थियो ।