पिडामा रहेका नेपालीहरुको सहयोगको लागि हामी पनि तयार छौं ः सांसद यादव

22

संतोष रन्जितकार
वीरगंज, ४ फागुन ।
नेपाल सरकारले लामो तयारीपछि अन्नतः चीनको वुहानबाट नेपाली बिधार्थीहरुलाई उद्वार गरेकोमा समाजवादी पार्टीका सांसद प्रदिप यादवले सरकारलाई धन्याबाद दिएका छन् ।

कोरोना भाइरसको त्रासले भयभित भएर चीनमा कष्टकर जीवन बिताईरहेका नेपालीलाई स्वदेश फिर्ता ल्याएकोमा सांसद यादवले नेपाल सरकार, सम्बन्धित निकाय लगायत यसमा सहयोग गर्ने सबै निकाय र व्यक्तिहरूलाई समाजिक सञ्जालमार्फत धन्याबाद व्यक्त गरेका हुन ।
समाजवादी पार्टीका नेता समेत रहेका सांसद यादवले पिडामा रहेका नेपालीको लागि सरकारसंगसंगै हामी पनि सहयोग गर्न तयार रहेको बताए ।
केही दिन अगाडी सांसद यादवले चीन वुहान सहरमा कैदीबन्दी जस्तो कष्टकर जीवन बिताईरहेका नेपालीहरुको उद्दारको लागी प्रतिनिधी सभाको बैठकमा शुन्य समयमा बोल्दै चीनमा रहेका नेपालीलाई उद्दार गरी नेपाल ल्याई उनीहरुलाई राख्ने ठाउँको विषयमा छफलफ भईरहँदा समेत उनले ॅॅहामी बरु बाहिरै पालमा बसेर संसद चलाऊ, नभए ३ सय ४ रोपनी जग्गा हायात होटलले कब्जा गरेर राखेकोले उक्त होटल नै खाली गरेर नेपलीहरुको जीवन बचाउन सरकारसंग मांग गरेका थिए ।’’, उनले संसदमा बोलेको त्यो कुरा समाजिक संजाल मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खुबै चर्चाको विषय बनेको थियो ।
आज बिहान करिब साढे तीन बजेतिर त्रिभुवन अन्तर्र्ष्ट्रािय विमानस्थल आइपुगेका १७५ जनालाई भक्तपुरको खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ । उनीहरुलाई एउटा एम्बुलेन्स र पाँचवटा ठूलो बसमा सुरक्षाकर्मीले स्कटिङ गरेर विमानस्थलदेखि खरिपाटीसम्म पुर्‍याएका थिए । क्वारेन्टाइन लैजानुअघि विमानस्थलमा अवतरण भएपछि उनीहरुको स्वास्थ्य अवस्थाको चेकजाँच गरिएको थियो ।