मदरलैण्ड माविद्वारा खेलकुद वर्षिकोत्सव सम्पन्न

4

संतोष रन्जितकार
वीरगंज, ४ फागुन ।
वीरगन्जमा रहेको मदरलैण्ड माविको खेलकुदको वार्षिकोत्सवको अवसरमा विद्यालयका खेलकुदमा उत्कृष्ट भएका छात्रछात्राहरुलाई तक्मा र प्रमाण पत्र वितरण गरिएको छ । विद्यालयले खेलाइएको विभिन्न २० खेलमा विजेता विद्यालयका छात्र छात्राहरुलाई आइतबार तक्मा र प्रमाण पत्र वितरण गरिएको हो ।
सो अवसरमा विद्यालयले जुनियर कक्षादेखि सिनियर कक्षाका विद्यार्थीहरुलाई खेलमा सहभागि गराएको थियो । विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार साहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक निर्मल पनेरुले खेलकुदले अनुशासन पनि सिकाउने भएको हुँदा विद्यार्थीहरुले पढाई संगसंगै खेलकुदमा पनि ध्यान दिनुपर्ने बताए ।

कार्यक्रमको बिशेष अतिथि नेपाल पत्रकार महासंघका सभाषद् तथा प्रेस सेन्टर नेपाल प्रदेश नम्बर २ का सदस्य तुलसी भण्डारीले शिक्षा प्राप्तिसँगै खेलकुद पनि महत्वपूर्ण हुने भएकोले साना विद्यार्थी भाइबहिनीलाई अहिलेबाट नै यो क्षेत्रमा सरिक गराउँनु सकारात्मक कदम भएको बताए । खेलकुद र अन्य विद्यामा लाग्ने जो कोहीले आफ्नो क्षेत्रमा अब्बल चाही हुनुपर्ने उनको भनाइ रहेको थियो । कार्यक्रममा रिपोर्टस क्लब मध्यमाञ्चलका संयोजक कन्हैया गुप्ताले विद्यालयको कदम सराहनीय रहेको बताए ।
खेलकुदमा विजेता विद्यार्थीहरुलाई प्रहरी निरिक्षक पनेरु, महासंघका सभाषद् भण्डारी, क्लबका संयोजक गुप्ता तथा अभिभावक ईसा अन्सारी लगायतले तक्मा र प्रमाणपत्र वितरण गरेका थिए ।