महानगरपालिकाद्वारा सेनेटरी पैड मेशिन जडान कार्य शुरु

17

संतोष रन्जितकार
वीरगंज, ४ फागुन ।
वीरगन्ज महानगरपालिका नगरप्रमुख बिजय कुमार सरावगीले विद्यालयहरुमा निःशुल्क सेनेटरी पैड बितरण कार्य सुरु गरेका छन । गतबर्ष देखि सुरु गरिएको उक्त अभियान अन्तर्गत वीरगन्ज महानगरपालिका भित्र रहेका सबै माध्यमिक तथा निम्नमाध्यमिक विद्यालयहरुमा सेनेटरी पैड मेशिन जडान शुरु गरिएको हो ।
नगरप्रमुख बिजय कुमार सरावगीले गतबर्ष निःशुल्क सेनेटरी फैड बितरण कार्यक्रममा घोषणा गरे अनुसार एक कार्यत्रमको आयोजना गरी महानगरपालिकाले ९२ वटा विद्यालयहरुमा सेनेटरी पैड मेशिन जडान कार्य सुरु गरेको हो ।
आइतबार एक कार्यक्रम गरि जडान गरिने मेसिनहरुमा पैड राख्ने तथा छात्राहरुले आवश्यकता अनुसार सहज रुपमा निकाल्न सक्ने कार्यको बारेमा प्राविधिक जानकारी गराइएको थियो । कार्यक्रममा वीरगन्ज महानगरपालिका उपप्रमुख शान्ति कार्की, शैक्षिक महाशखाका प्रमुख अरबिन्द कर्ण लगायत महानगरपालिकाका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।