तराई यातायात व्यवसायी संघ सिमराका नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण सम्पन्न

20

सिमरा, ५ फागुन ।
तराई यातायात व्यवसायी संघ सिमराका नवनिर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन् । गत शनिवार सम्पन्न निर्वाचनबाट आगामी तीन वर्षे कार्यकालका लागि निर्वाचित भएका १९ जना पदाधिकारीहरुले आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । संघको मुख्य कार्यालय सिमरामा आयोजित कार्यक्रममा शंकर कुमार बिष्ट, बरिष्ठ उपाध्यक्ष हरिशरण अधिकारी लगायत पदाधिकारीलाई निर्वाचन कमिटीका अध्यक्ष मुकुन्द बहादुर क्षेत्रीले सपथ ग्रहण गराएका थिए । सपथ ग्रहणपछि उनिहरुले आजैदेखी कार्यभार सम्हालेका छन् । सोही अवसरमा संघका कर्मचारीले नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत समेत गरेका थिए ।