विट्टु किराना पसलको गोदाममा आगलागी

25

संतोष रन्जितकार
वीरगंज, ५ फागुन ।
वीरगञ्जको माईस्थानस्थित विट्टु किराना पसलको गोदाममा आगलागी भएको छ । आगलागीबाट ३० लाख भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।
वीरगञ्ज–५ का मनोज कुमार गुप्ताको किराना तथा कष्टमेटिकका सामान राखिएको गोदाममा सोमबार दिउँसो विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।
गुप्ताले वीरगञ्ज–६ गहवा माईस्थान स्थित मधुसुधन अग्रवालको घरमा तल्लो तलामा किराना पसल र दोस्रो तलामा गोदाम राखेका थिए । सोमबार दिउँसो साढे १ बजेतिर अचानक लागेको आगो वीरगञ्ज महानगरपालिकाको ३ वटा बारुणयन्त्र, चण्डी प्रसाद गणका सेनाहरु, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरुको सहयोगमा दिउँसो ३ः३० बजेको समयमा पूर्ण रुपमा नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट किराना र कष्टमेटिकका सामान जल्नुको साथै आगो निभाउने क्रममा भिजेर क्षति पुगेको छ । आगलागीबाट ३० लाख भन्दा बढीको क्षति भएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक निर्मल पनेरुले जानकारी दिए । ॅसञ्चालकले गोदाममा ८० लाख जतिको समान रहेको जसमध्ये आगोले धेरै क्षति भएको तथा आगो निभाउने क्रममा पानीले भिजेर पनि केही क्षति हुन पुगेको बताएका थिए ।