अलौं र श्रीसिया नाकाबाट पूर्णरुपमा तस्करी बन्द

18

संतोष रन्जितकार
वीरगंज, ६ फागुन ।
अलौ श्रीसियाको नाकाबाट हुने तस्करी अहिले पूर्णरुपमा बन्द भएको छ । प्रहरी नायब निरिक्षक प्रकाश रावतले पछिल्ला समयमा अलौ नाका र श्रीसिया नाकामा बढेको तस्करहरुको बिगबिगीलाई कम गरी अहिले पूर्णरुपमा तस्करी बन्द नै गरेका छन् । प्रहरी नायब निरिक्षक राउतको कार्यले अलौ श्रीसिया गाँउका बासिन्दाहरु देखी उद्योगी व्यवसायीहरुले केही राहत महशुस गरेका छन् ।
सिमावर्ती नाका बाट तस्करहरुले केही दिन पहिला भारत बाट नेपाल भित्र्याउदै गरेको तस्करीका सामानहरु नाकाबाट समातिएर जिल्ला प्रहरी कार्यालयमा बुझाउन लागेपछी तस्करहरु त्रासले नाका छाडेर ग्रामीण भेगतिर पलायन भएका छन् ।