कोरोना भाइरस सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

20

संतोष रन्जितकार
वीरगंज, ६ फागुन ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी छपकैयाले कोरोना भाइरस सम्बन्धी जनचेतनामूलक घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । समुदाय प्रहरी साझेदारी अन्तर्गत मंगलबार सामुदायिक सेवा केन्द्र छपकैयाले एम.ई.एस.स्कुलको प्राङगनमा सो जनचेतनामूलक घरदैलो कार्यक्रम सम्पन्न गरेको हो ।

सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन मियाँ ठकुराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि वीरगंज महानगरपालिका वडा नं. ३ का वडाअध्यक्ष बैजु स्वर्णकार रहनु भएको थियो ।
सो कार्यक्रममा वडा अध्यक्ष स्वर्णकारले कोरोना भाइरसको लक्षण बताउनुको साथै सो बाट बच्ने केही उपायहरुको समेत जानकारी गराएका थिए ।
ऊक्त कार्यत्रममा सामुदायिक सेवा केन्द्रका वरिष्ठ उपाध्यक्ष मो.अब्दुल हक, कोषाध्यक्ष प्रेम कुमारी सिंह, सचिव प्रवीण विक्रम शाह, सदस्यहरु सहेव हुसैन, ऐसहनुल हक (बिट्टु नेपाली), प्र.स.नि. जन्मेजय यादव, प्र.ह. देवेन्द्र कुमार पटेल, प्र.ज. राज कुमार तामा·, एम.ई.एस. स्कुलको निर्देशक ईमामुदिन अहमद लगायत शिक्षक–शिक्षिका, विधार्थीहरु, र स्थानियहरुको सहभागिता रहेको थियो ।