डिएसपी खत्रीमाथि बाराका किसानद्वार कारवाहीको माग

17

बारा, ६ फागुन ।
वीरगन्ज भन्सारमा लिलामी गरिएको आलुको क्षतिपुत्ती र सशस्त्र प्रहरी बल, राजश्व सुरक्षा गुल्म १४ पर्सा वीरगन्जका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक अमरबहादुर खत्रीलाई किसानहरुले कारवाहीको माँग गरेका छन् ।
खत्रीको कारणले किसानहरुले उत्पादन गरेका आलु वीरगन्ज भन्सारले लिलामी गरेको र आलु लोड गरिएको टयाक्टरहरु समेत छुटाउनमा समेत समस्या परेको कारणले मंगलबार कलैयामा पत्रकार सम्मेलन गरि किसानलाई क्षतीपुत्ती र खत्रीलाई कारावहीको माँग गरिएको हो ।
खत्री नेतृत्वको टोलीले माँगे जति घुस रकम नदिएको निहुँमा खेतमा उत्पादन गरिएको आलु बिक्री गर्न लैजाने क्रममा त्यसलाई नियन्त्रणमा लिएर वीरगन्ज भन्सार कार्यालयमा बुझाउनु कार्यको छालबिन गर्न माँग समेत गरेका छन्।
खेतमा उत्पाद गरिएको आलुहरुलाई गाउँबाट बिक्री गर्न सदरमुकाम कलैया तर्फ ल्याउँदै गरेको अवस्थामा खत्रीको कारणले किसानहरु त्यसलाई बिक्री गर्न नसकेको र त्यस आलुलाई वीरगन्ज भन्सारले लिलाम गरेको कारण किसानहरु आर्थिक मारमा परेको पत्रकार सम्मेलनमा किसान अगुवा छठुप्रसाद यादवले बताएका छन्।
खत्रीले बोर्डर भन्दा १५ किलोमिटर भित्र महागढीमाई नगरपालिका १ बरियापुर चोकबाट टयाक्टरको डूईभरहरुलाई बन्दुर तोर्साएर रकम माग्नु र अबैध रकम नदिए पछि कारावहीको लागि भन्सार पुरयाउनु कार्यले देशमा बिधीको शासन भन्दा बर्दीको आडमा डकैटी गर्नेको शासनको अभास भएको यादवले बताए ।
पूर्व जिल्ला विकास सभापति समेत रहेका यादवले छोरा छोरीलाई पढाउन र घर खर्च धान्न किसानहरुले तीन महिनासम्म पसिना बगाएर उत्पाद गरेको आलुको नोक्सानी समेत खत्रीबाट असुली गराउनु पर्ने माँग समेत गरे।
खत्रीको कारणले गर्दा मल, बिउ र खेत जोताईमा लगानी समेत डुब्ने अवस्थाले किसानहरु आर्थिक मारमा पर्ने अवस्था आएकोले खत्रीलाई कारवाही गर्न र किसानलाई क्षतिपुत्ती उपलब्त्र गराउनको लागि आन्दोलन गर्न बाध्य बनाइएको यादवले पत्रकार सम्मेलनमा बताए।
आर्थिक लाभको लागि किसान माथि अन्यया गरिएको र त्यसको छान बिन गरि दोषीलाई कारवाही गर्न , किसानहरुको आलु फिर्ता गराउन जिल्ला प्रशासन कार्यालय मार्फत संघिय सरकार सम्क्ष माँग गरिए पनि कुनै सुनवाई नभएको पत्रकार सम्मेलनमा राजपा नेपालका महामन्त्री समेत रहेका किसान अगुवा जितेन्द्र सिँहले बताए।
भन्सारको जिम्मा लगाइएको आलु किसानहरुको खेतबाट उत्पाद गरिएको थाहा हुँदा हुँदै समेत आन्दोलनको बिचमै वीरगन्ज भन्सार कार्यालयले लिलामी गर्नु कार्यले समेत किसानहरुलाई मार्ने कार्य भएको सिँहले पत्रकार सम्मेलनमा बताए । ना ४ त २५४, ना ५ त ८०८६, ना ६ त ६३४९ र ना ५ त ९४ २८ गरि चारवटा ट्याक्टरमा गरेर लगभग पाँच सय बोरा आलु तीन सय क्विन्टर रहेको र त्यसबाट किसानहरुलाई सात लाख जतिको प्रत्यक्ष क्षती पुगेका पत्रकार सम्मेलनमा बताइएको छ। पत्रकार सम्मेलनमा प्रभु पटेल, नेपाली काँग्रेसका किशोरी यादव, राजपका महामन्त्री जितेन्द्र सिँह, रामकिशोर यादव, श्याम गुप्ता लगाएतकाको सहभागिता रहेको थियो।
पचरौता नगरपालिका र आदर्श कोत्वाल गाउँपालिकाका किसानहरुले खेतमा उत्पादन गरेका आलु बिक्री गर्न पाँचवटा टेलरमा लोड गरि कलैया तर्फ ल्याउँदै गर्दा सशस्त्र प्रहरी नायब उपरीक्षक कमलबहादुर खत्री नेतृत्वको टोलीले त्यसलाई नियन्त्रणमा लिएरवीरगन्ज भन्सारमा शुक्रबार बुझाए थियो।
वीरगन्ज भन्सारमा टयाक्टर सहित आलु बुझाएको बिरोधमा किसानहरुले कलैयामा आइतबार जिल्ला प्रशासन कार्यालय घेराउ गरि प्रदर्शन समेत गरेका थिए।