सप्तरीमा जनजागरण सभा सम्पन्न

14

सत्येन्द्र प्रताप सिंह
सप्तरी, ६ फागुन ।
सप्तरी जिल्लाको हनुमान नगरमा जनजागरण सभा सम्पन्न भएको छ । सो सभाको प्रमुख समेत रहेका हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले सभालाई सम्बोधन गर्दै हिन्दू राष्ट्र नेपालीहरुको आत्मा रहेको बताएका थिए । उनले हिन्दु परिषद नेपाल सम्पूर्ण नेपालीहरुलाई एक सूत्रमा बाध्ने सेतु हो, नेपाल र नेपालीहरुको पहिचान रहेको बताएका थिए । पटेलले भने क्रिस्चयनतंत्र नेपालमा हावी हुदै गई रहेको छ जून मुलुकको हितमा राम्रो होइन, धर्म परिवर्तन नरोकिए मुलुक बिखण्डन हुने खतरा रहेको छ । देशको राष्ट्रीयता, एकता, अखंडता बलियो बनाउन हिन्दू राष्ट्र हुनु पर्छ । हिन्दू परिषद नेपाल हिन्दू राष्ट्रको लागी संघर्ष गर्दै आइरहेको संस्था हो । जनजागरण सभामा हिन्दू परिषद नेपालका केन्द्रिय सदस्यहरु उपेन्द्र झा, मनोज मण्डल, सुरेश साह कानू, सप्तरी जिल्ला अध्यक्ष सुनीता साह, मोरंग जिल्ला अध्यक्ष कैलाश मण्डल, रौतहट राजदेवी नगरपालिका अध्यक्ष शशिप्रकाश उपाध्याय, उपाध्यक्ष रवि बर्मा, बीरगंज नगर सचिव रंजीत चौरसिया, हिन्दू परिषद नेपाल उपत्यका कमिटी उपाध्यक्ष इन्द्रेव मण्डल लगायतको उपस्थिती रहेको थियो ।