वडा अध्यक्षद्वारा प्रधानाध्यापक माथी हातपात

9

सत्येन्द प्रताप सिंह
रौतहट, ७ फागुन ।
यमुनामाई गाउँपालिका वडा नं. ५ मा रहेको श्री यमुनामाई माध्यमिक विद्यालय झुन्खुन्वाका प्रधानाध्यापक बिरेन्द्र प्रसाद साह माथि वडा नं ५ का अध्यक्ष रहमत रांकीले गुण्डागर्दी शैलीमा हातपात गरेका छन् ।
बुधबार बिहान १०ः३० बजेको समयमा बिधालयमा प्रार्थना भईरहेको बेला अध्यक्ष रांकीले छात्रछात्रा तथा शिक्षकहरूको सामु प्रधानाध्यापक साहलाई हातपात गरेको स्थलगत रहेका एक जनाले नाम बताउने शर्तमा बताएका छन ।
आफ्ना शिक्षक कुटिएको भन्दै अध्ययनरत विधार्थीहरुले न्याय माग्दै गौर चपुर सडक खण्ड अवरुद्ध गरेका थिए । वडा अध्यक्ष रांकी शिक्षकसंग अभद्र व्यवहार गरी सरकारी नम्बर प्लेटको मोटरसाइकल छाडी फरार भएका थिए भन्ने जिल्ला प्रहरी कार्यालयबाट थप टोली आए पश्चात् मोटरसाईकल जिप्रका गौरको जिम्मा लगाइएको थियो ।