वीरगंजबाट प्रजातन्त्र दिवसको अवसरमा १८ कैदीहरु रिहा

3

संतोष रन्जितकार
वीरगन्ज,७ फागुन ।
प्रजातन्त्र दिवसको अवसरमा देशै भरीका ३२९ कैदीहरुको कैद मिनाहा गरिएको छ । बिभिन्न मुद्दामा कैदी जिवन बिताई रहेका उनीहरुको चालचलन राम्रो रहेको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद मिनहा गरिकी हुन् । मन्त्री परिषद्को सिफारिसमा फागुन ७ गते देखि लागु हुने गरि उक्त संख्याका कैदीहरुको कैद मिनाहा गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
नेपालको संविधानको धारा २७६, फौजदारी कसूर ऐन २०७४ तथा फौजदारी कसूर निमावली २०७६ बमोजिम राष्ट्रपतिले कैदीहरुको कैद मिनाहा गरेकी हुन् ।
यसै बीच सो सिफारिस परेकाहरु मध्ये वीरगन्ज कारागारबाट १८ जना कैदी बन्दीहरु रिहा भएका छन् । उनीहरुलाई टिका लगाएर राम्रो जिवनको शुभेच्छा सहित रिहा गरिएको वीरगन्ज कारागारका प्रमुख श्रवण कुमार पोखरेलले बताउनु भयो ।कैद कट्टा भएका सबै कैदी र निजका आफन्तजनहरुलाई हार्दिक बधाई सहित समाजिकिकरणको प्रकृयामा सफलता मिलोस भन्ने शुभकामना वीरगन्ज कारागारका प्रमुख पोखरेल दिनु भएको छ । वीरगन्ज कारागारबाट अ·भ· मुद्दाका ६ जना, कुटपिट अ·भ· १ जना, बन पैदावार ४ जना, ज्यान मार्ने उद्योग २ जना, किर्ते १ जना, हातहतियार २ जना र सवारी ज्यान २ जना गरी १८ जना पुरुष कैदीहरुको कैद मिनहा भई रिहा भएको वीरगन्ज कारागारले जनाएको छ ।