सेन्ट जेवियर्स माविले २० औं वार्षिकोत्सव धुमधामका साथ मनायो

23

संतोष रन्जितकार
वीरगंज, ७ फागुन ।
सेन्ट जेवियर्स माविले बुधबार आफ्नो २० औं वार्षिकोत्सव धुमधामका साथ मनाएको छ । वीरगंजको वडा नं. ११ श्रीपुर स्थित विद्यालयको प्रा·णमा विझिन्न कार्यक्रमहरुको आयोजना गरि धुमधामका साथ वार्षिकोत्सव मनाइएको हो ।

सो अवसरमा सेन्ट जेवियर्स माविले रत्तदान, आँखाकान चेक जाँच, म्याराथन प्रतियोगिता, क्वीज कन्टेस्ट लगायत नृत्य, नाटक र राष्ट्रियता झल्कने विभिन्न कार्यक्रमहरु सो स्कुलका विद्यार्थीहरुले प्रस्तुत गरेका थिए ।

त्यसैगरी सेन्ट जेवियर्स र बुद्ध फाउण्डेशन कलेजमा अध्यनरत छात्रछात्राहरुले राष्ट्रिय सेवा दलद्वारा व्य. नं. ५९७६ दर्जा प्युठ पदको १५ औं ब्याच तालिम सफलता पुर्वक सम्पन्न गरेकाहरुलाई चण्डि प्रसाद गण बिरगंजका गणपति मदनजंग राणाले १८ जना छात्र र १८ जना छात्राहरुलाई प्रमाणपत्रले सम्मानित गर्नुभएको थियो ।
सो अवसरमा गराइएका विभिन्न प्रतियोगिताहरुमा प्रथम, द्वितीय र तृतिय हुने विद्यार्थीहरुलाई मेडल, शिल्ड तथा कदरपत्रले सम्मानित गरिएको थियो ।

विद्यालयका निर्देशक एवं प्याब्सन पर्साका अध्यक्ष डा.हरिशंकर साहको सभापतित्वमा र आर्थिक मामिला तथा योजना मन्त्री उषा कुमारी यादवको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा बिशिष्ठ अतिथि वीरगंज महानगरपालिकाका मेयर बिजय सरावगी, चन्डी प्रसाद गणका गणपति मदनजंग राणा, विरगंज महानगरपालिका शिक्षा शाखा प्रमुख अरबिन्दलाल कर्ण, समाजसेवी पशुपति विक्रम शाह, श्रीमती उषा शाह, नेकपा वीरगंजका नगर अध्यक्ष रहबर अन्सारी, अभिभावक संघ पर्साका अध्यक्ष अमर गौतम, वीरगंज वडा नं. ११ का वडा अध्यक्ष प्रद्युमन सेढाई लगायतको उपस्थिती रहेको थियो । सो कार्यक्रमको सञ्चालन बलीराम श्रेष्ठले गर्नु भएको थियो ।